जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १९:२६

स्वास्थ्य मन्त्रालयको निर्णयको अपब्याख्या : शंकास्पद मृतकका विषयमा यस्तो थियो भनाई


काठमाडौं, भदौ ३१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गएमा स्वास्थ्य सावधानी अपनाएर शव व्यवस्थापन गर्न गरेको आग्रहलाई कतिपयले अपब्याख्या गरेका छन् । केहीले मृतकको परीक्षण नगर्नु भन्ने विषयलाई मात्रै लिएर सूचना प्रवाह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण नगर्नु\नगराउनु भनेको साच्चो हो । तर, त्यससँगै केही प्रावधानलाई अनिवार्य रुपमा अपनाउन भनेको छ । शंकास्पद व्यक्तिको मृत्यु भएमा उनिहरुको दाहसंस्कार स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताउनु भयो । उहाले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी पनि गराउनु भयो ।

अहिलेसम्म ज्यान गुमाएका व्यक्तिको नमुना सङ्कलन भइरहेकोमा अब त्यसो गर्न नपर्ने उहाँले बताउनुभयो । तर ज्यान गुमाएका व्यक्तिको सम्पर्कमा आएका, अन्त्येष्टिमा सहभागी भएका र मलामी गएकाहरु भने क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।