जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार २०:५१

भिक्टोरिया क्रस विजेता थापाको शालिक निर्माणमा सामाजिक अभियन्ता राई दम्पत्तिको सहयोग


लण्डन, भदौ ३१ । बेलायतमा निर्माण हुन लागेको भिक्टोरिया क्रस विजेता हवल्दार स्वर्गीय कुलवीर थापाको शालिक निर्माणका लागि एनआरएनए नेतृ सुशिला राई र उहाँका पति नरेन्द्र राईले आर्थिक सहयोग गर्नुभएको छ । एनआरएनए आइसिसी सदस्य शुसीला राई र किरॉंत राई यायोख्खा, बेलायतका केन्द्रीय सदस्य नरेन्द्र कुमार राईले आज सो रकम प्रदान गर्नुभएको हो ।

‘कुलवीर थापाको शालिक निर्माणका लागि एक हजार १५ पाउण्ड स्टर्लिङ सहयोग गर्छौ भनेर म र मेरो श्रीमान नरेन्द्र राईले प्रतिवद्धता गरेका थियौं’, सहयोग हस्तान्तरणपछि नेतृ राईले भन्नुभयो, ‘अहिले त्यो प्रतिवद्धता पूरा गर्न पाउँदा खुशी लागेको छ ।’

गोर्खा मेमोरियल शालिक निर्माण परियोजना टीम मात्र नभएर समाजमा गरिने यस्ता महान कार्यमा साथ रहने बताउँदै राईले भन्नुभयो, ‘जो जसले यो शालिक निर्माण परियोजनाको परिकल्पना, सुरुवात र पूरा गर्नुभयो उहाँहरुलाई हाम्रो हार्दिक नमन छ ।’ सामाजिक अभियन्ता राईद्वय यस्ता हरेकजसो सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएको छ ।