जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार ०६:४८

भारतमा एकैदिन ९७ हजारमा कोरोना संक्रमण, ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त


काठमाडौं, असोज १  । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस भारतमा दिनप्रति दिन तिव्ररुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिए सगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको हो ।
बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।