जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १५:३५

कोरोना संक्रमणका कारण क्यान्सर अस्पताल हरिसिद्धिमा एक महिलाको मृत्यु


काठमाडौं, असोज १

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार पाटन, सुन्धाराकी ६६ वर्षकी महिलाको आइसोलेसन वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । बिरामी महिलालाइ भदौ ३० गते अस्पताल भर्ना गरिएको थियो । उहाँलाई पिसाबथैलीको क्यान्सर भएको थियो ।