जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १५:३९

गण्डकीमा थपिए २८ नयाँ कोरोना संक्रमित, कुल संख्या ३२०६ पुग्यो


पोखरा, असोज १

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार ५ जिल्ला कास्कीका ८, तनहुँका ४, गोरखाका २, वागलुङका ४ र नवलपरासीका १२ जना छन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २०६ पुगेको छ ।