जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार ०६:५३

गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक समारोह आयोजना : राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन गरिने


काठमाडौं, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा आज बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतन्त्र दिवसको अवसरमा बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

सरकारले अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ । यसैगरी नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक आजै साँझ ६ बजे राष्ट्रपति भण्डारीबाट उदघाटन कार्यक्रम पनि छ ।
गणतन्त्र दिवसको अवसरमा बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

सरकारले अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ । यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ ।

गणतन्त्र दिवसका अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई राष्ट्रपतिले शितल निवासमा पदकसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।