जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १६:४०

कोरोनाका कारण आज ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो


काठमाडौं, असोज १

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३ महिला र १ जना पुरुषसहित ४ जनाको मृत्यु भएको हो ।

काठमाडौंमा ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै प्रदेश १ को मोरङमा ६४ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै चितवनमा ३६ वर्षीय महिलाको मृत्यु भएको छ । उता सुदुरपश्चिम प्रदेशको कैलालीमा ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।