काठमाडौं, असोज १
कोभिड–१९ विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विहिवार साँझ माइतिघर मण्डलामा दिप प्रज्वलनका लागि आउनु भएको छ । उहाले अन्य व्यक्ति सरह मण्डालामा विश्व बिरामी सुरक्षा दिवस २०२०को अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनु भएको हो ।
त्यस अवसरमा उहाले स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध रहेको बताउदै सम्पूर्ण विरामी तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको सु–स्वास्थ्यको कामना समेत गर्नुभयो ।
स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको दिवस ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ नेपालमा स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरि दिवस मनाइएको छ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्