जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार ०६:५८

भारतमा एकैदिन ९६ हजार ७ सय ९३ जना नयाँ संक्रमित थपिए


काठमाडौं,  असोज २ ।  भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।

भारतमा संक्रमित ४१ लाख ५० हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् भने १० लाख १८ हजार ४ सय ५४ जना उपचारत छन् ।