जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १५:५०

गण्डकीमा थपिए ४१ संक्रमित


पोखरा, असोज २

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र बिपि कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका २, तनहुँका ४, स्याङ्जाका १, र नवलपरासीका ३४ जना छन् । नवलपरासी ब.सु.पू.जिल्ला, कावासोती–२ का ३९ र २० बर्षीय, कावासोती–३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको पे क्लिनिकमा परिक्षणका लागि आएका हुन्। अन्य सबै कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएका हुन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३२१ पुगेको छ ।