जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १९:२१

युईएस्थित विश्वको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा


काठमाडौं, असोज २

संविधान दिवसको अवसर पारेर असोज ३ गते शनिवार युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहरिने भएको छ । संविधान दिवसको अवसर पारेर विगतको बर्ष झै नेपालको राष्ट्रिय झण्डा फैहराउन लागिएको हो ।

“संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउँदै छ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ ।

बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ । बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा राखिएको थियो । युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा राखिने भएको हो ।