जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १५:३२

कोरोनाबाट एक सैनिकको मृत्यु, हालसम्म २०५६ सैनिक संक्रमित


काठमाडौं, असोज ४

कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका थिए ।

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा मृतक सैनिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उहाँको शव व्यवस्थापन समेत भइसकेको पौडेलले बताउनुभयो । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् भने ४०१ जना निको भइसकेका छन् ।