जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १३:०५

बीएण्डसीका २ चिकित्सक र १० नर्सलाई स्वास्थ्यलाभ


झापा, असोज ५

झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका २ जना डाक्टर र १० नर्स कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ ।भदौ १८ गते संक्रमण पुष्टि भई अस्पतालकै आइसोलेसनमा बस्नुभएका उहाँहरु आज डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँहरु आजै डिस्चार्ज भएपनि अब ३ दिनपछि ड्युटीमा खटिनुहुन्छ ।