काठमाडौं, असोज ५
दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको पोषण शाखा शिल गरिएको छ । गत शुक्रबार दुई जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले पोषण शाखा बन्द गरिएको छ ।
पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार निसंक्रमणका लागि दुई दिनदेखि कार्यालय स्यानिटाइज गरी शील गरिएको छ । केहीदिनपछि नै कार्यालय खुल्ला हुन्छ, हाल सबै होम क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्