जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १५:३५

विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु


विराटनगर, असोज ५

कोरोना सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग उक्त महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उहाँको शव व्यवस्थापनको तयारी भइरहेको छ ।