जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १६:२६

कोरोना जितेर ४८ हजार ६१ जना घर फर्किए , कुन प्रदेशमा कति संक्रमित भए डिष्चार्ज ?


काठमाडौं, असोज ६

नेपालमा पछिल्लो २४ घण्टामा ८२३ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ४८ हजार ६१ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४३५७, प्रदेश २ मा १२४७६, बागमति प्रदेशमा ११८५४, गण्डकी प्रदेशमा २८१९, प्रदेश ५ मा ७४६६, कर्णाली प्रदेशमा २७४९ र सुदुरपश्चिम प्रदेशमा ६२४० जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।