जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १६:३०

काठमाडौं उपत्यकामा थपिए ६ सय ४७ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?


काठमाडौं, असोज ६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ५११ जनासहित उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १३५६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।