जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १६:३४

कोरोना संक्रमितको मृत्युदर घट्यो, २४ घण्टामा २ को मृत्यु, मृतक संख्या ४२९ पुग्यो


काठमाडौं, असोज ६

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १ महिला र १ जना पुरुष सहित २ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६४ प्रतिशत हो ।