जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १२:५७

गण्डकीमा थपिए २५ कोरोना संक्रमित


पोखरा, असोज ७

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार ७ जिल्ला कास्कीका ९, तनहुँका ४, स्याङ्जाका ३, म्याग्दीका १, वागलुङका २, लमजुङका ५ र नवलपरासीका १ जना छन् । कास्की र लमजुङका व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । अन्य जिल्लाका सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।