जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १३:५१

ललितपुरको अल्का र मेघा अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असोज ७

ललितपुरमा थप दुईजना कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।