जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १६:३४

काठमाडौंमा ४९२ सहित उपत्यकाका तीन जिल्लामा थपिए ६३७ कोरोना संक्रमित


काठमाडौं, असोज ७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ४९२ जनासहित उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर ११७४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।