जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १६:३१

काठमाडौं उपत्यकामा थपिए ७५५ नयाँ कोरोना संक्रमित


काठमाडौं, असोज ८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ६०९ जनासहित उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १४९७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।