जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १२:०५

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण


पोखरा, असोज ९

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार कास्कीका ४ र लमजुङका ४ जना छन् ।

लमजुङ जिल्लाका सबैजना कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएका हुन् भने पोखरा महानगरपालिकाका सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । अहिलेसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।