जनता टाइम्स

१० आश्विन २०७७, शनिबार ०९:००

विश्वभर एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित, ५ हजार ८०८ जनाको मृत्यु


काठमाडौँ, असोज १०  । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् । शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् ।

विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४० ले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।