जनता टाइम्स

१० आश्विन २०७७, शनिबार ०९:१९

युक्रेनमा प्रशिक्षार्थी लिएर उडेको सैनिक विमान दुर्घटना : २२ जनाको ज्यान मृत्यु


काठमाडौं,  असोज  १० । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बीबीसीले जनाएको छ । चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।