जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १४:२९

निकटवर्तीलाई संक्रमण देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा


काठमाडौं, असोज ११

आफ्नै निवासमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । निवासमा कार्यरत एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ आज विहानबाट सेल्फ क्वारेन्टिनमा बस्नु भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले थापा आइतबार बिहानदेखि सेल्फ क्वारेन्टिनमा बसेको जनाएको छ। निर्देशनालयले प्रधानसेनापतिको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।