जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १६:५८

कार्यान्वयन नगर्नू : पीसीआर टेष्ट गरेर परीक्षामा सहभागी गराउने निर्णय


काठमाडौं, असोज ११

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका र फ्रन्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरकोलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको भन्दै यस निर्णयलाई बैज्ञानिक आधारले पुष्टि नगर्ने बताउनुभयो ।