काठमाडौं, असोज १२
राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) का महासचिव एवं शंकारापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकाल कोरोना संक्रमणमा पर्नुभएको छ । आइतबारको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । डा. ढकाल अहिले होम आइसोलेसनमा रहनुभएको छ ।
उहाँले आफूलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएपछि होम क्वारेन्टिनमा बसी पीसीआर जाँच गराएको र आइतबार आएको रिपोर्टमा कोभिड–१९ पोजेटिभ आएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोभिड, नन् कोभिड विरामीको स्वास्थ्य परीक्षण व्यवस्थापन आदिमा खटिँदा संक्रमण भएको हुनसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्