काठमाडौं, असोज १२
पछिल्लो २४ घण्टामा ७४२ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ७४२ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ५४ हजार ६४० पुगेको छ ।
स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५०२६, प्रदेश २ मा १३१७६, बागमति प्रदेशमा १५२१५, गण्डकी प्रदेशमा ३२८५, प्रदेश ५ मा ८४६७, कर्णाली प्रदेशमा २८५५ र सुदुरपश्चिम प्रदेशमा ६६१६ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७३.१ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्