पर्सा, असोज १३
जिल्लाको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकाको पाँचै वटा वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरि संचालनमा ल्याउने बताउनुभएको छ । उहाँले जनतासँग गरेको प्रतिबद्धतालाई मध्यनजर गरि चौथो बर्थिंङ सेन्टरको रुपमा वडा नं १ मिर्जापुरमा निर्माण कार्यको लागि नाप नक्सा र डिजाईनको काम भइसकेको र छिट्टै निर्माण काम अगाडि बढाउने जानकारी दिनुभयो ।
नावगावा क्षेत्रमा एउटा बर्थिङ सेन्टर नरहेकोले सेढामा नवनिर्मित बर्थिङ सेन्टरको स्थापना गरिएको छ । छिपहरमाई गाउँपालिकाका जनताहरुसँग गरिएको प्रतिबद्धता पाँच वर्ष नबित्दै स्थापना गरिने अध्यक्ष गुप्ताले बताउनुभयो । पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा जोड रहेको उहाँच्को भनाइ छ । गाउँपालिकाको पाँचै वटा वडाहरुमा बर्थिंङ सेन्टर स्थापना गरि गाउँपालिकाका जनताहरुको स्वास्थ्य समस्या समाधान गरिने उहाँले बताउनुभयो ।
वर्षौँ पहिलादेखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंङ सेन्टर नरहेको र बाटोघाटोको समस्यासमेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रशुती गराउन भारतको बेतिया, मैनाटाड, सिकटालगायतको ठाउँमा जान परिरहेको थियो । कतिपय महिलाहरुले समयमा स्वास्थ्य संस्थाहरुमा नपुग्दै बाटोमै अकालमा मृत्युु हुने भइरहेकाले त्यसलाई मध्यनजर गरि बर्थिङ सेन्टर स्थापना गर्न लागिएको हो । पहलो बर्थिङ सेन्टर छिपहरमाई गाउँपालिका–४ तुल्सीवर्वामा स्थापना गरेको र दोस्रो वडा नं २ टिहुकी सेढामा गरेको उहाँले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्