जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १६:२४

काठमाडौं उपत्यकामा थपिए ९०२ नयाँ संक्रमित


काठमाडौं, असोज १४

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११२ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ।