जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १६:२४

काठमाडौं उपत्यकामा थपिए ९४३ नयाँ संक्रमित


काठमाडौं, असोज १५

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ।