काठमाडौं, असोज १७
नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाले आज राति सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । केन्द्रीय समिति बैठक अगाडी गत विहिवार पार्टी कार्यालय सानेपामा नेताहरु स्वाब परीक्षण गरिएको थियो ।
‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ’, सामाजिक सञ्जालमा उहाले अगाडी लेख्नु भएको छ, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्