जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १६:३२

१३२९ जनाले जिते कोरोना भाइसरसँगको लडाईं, डिष्चार्ज संख्या ६४०६९ पुग्यो (प्रदेशको सूचीसहित)


काठमाडौं, असोज १८

पछिल्लो २४ घण्टामा १३२९ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्पतालमा उपचाररत १३२९ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ६४ हजार ६९पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५७३३, प्रदेश २ मा १४२९१, बागमति प्रदेशमा २०४९३, गण्डकी देशमा ३६५७, प्रदेश ५ मा ९५५५, कर्णाली प्रदेशमा ३१८५ र सुदुरपश्चिम प्रदेशमा ७१५५ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७३.७ प्रतिशत हो ।