जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १६:२७

काठमाडौं उपत्यकामा थपिए १५९९ नयाँ संक्रमित


काठमाडौं, असोज १८

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १५९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ।