जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १६:२६

६५२०२ जनालाई स्वास्थ्यलाभ, आज ११३३ ले जिते कोरोनासँगको लडाईं (सबै प्रदेशको सूची)


काठमाडौं, असोज १९

पछिल्लो २४ घण्टामा ११३३ जनाले कोरोनासँगको लडाईं जित्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्पतालमा उपचाररत ११३३ जनाले कोरोना जितेर घर फर्किएका हुन । पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ६५ हजार २०२ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ५८५५, प्रदेश २ मा १४३९२, बागमति प्रदेशमा २११८७, गण्डकी देशमा ३६७८, प्रदेश ५ मा ९६४२, कर्णाली प्रदेशमा ३२२२ र सुदुरपश्चिम प्रदेशमा ७२२६ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७३.६ प्रतिशत हो ।