जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १२:३२

अध्यक्षलाई कोरोना पोजेटिभ : गाउँपालिकाको कामकाज ठप्प


सप्तरी, असोज २०

सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताउनुभयो। स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उहाँका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना संक्रमित भएको जानकारी दिनुभयो ।