जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १७:३०

शान्ता चौधरीलाई कोरोना संक्रमण : कसरी सर्यो ? पत्तै भएन


निकै सतर्कता अपनाएको थिएँ, कसरी सर्यो पत्तै भएन, सम्पर्कमा रहेका सवैको नेगेटिभ रिपोर्ट छ

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपाकी केन्द्रीय सदस्यसमेत रहनुभएकी सचेतक चौधरीको सोमवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेतृ चौधरीलाई लक्षणसमेत देखिएको छ । उहाँले आफूमा केही लक्षण देखिएको जनताटाइम्सलाई जानकारी दिनुभयो । पछिल्लो समय उच्च सतर्कतासहित कतै नगएपनि संक्रमणको लक्षण देखिएको र परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको चौधरीको भनाई छ । ‘निकै सतर्कता अपनाएको थिएँ, कसरी सर्यो पत्तै भएन, सम्पर्कमा रहेका सवैको नेगेटिभ रिपोर्ट छ,’ चौधरीले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले संक्रमणपछि केही समस्या आएको बताउनु भयो । ‘हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या भएकाले डाक्टरसँग परामर्श गरिरहेकी छु, अलिक गाह्रो भएको छ,’ चौधरीले भन्नुभयो ।