जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १५:४९

बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


बुटवल, असोज २२

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका–६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । बुधबार अस्पताल भर्ना भएका उहाँको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो ।

अस्पताल भर्ना भएकै दिन उहाँमा संक्रमण पुष्टि भएको थियो । गौतमका अनुसार उहाँ मधुमेह र उच्च रक्त चापको बिरामी हुनुहुन्थ्यो । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।