काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सांसदहरूलाई विभूषित गर्नुभएको छ । संविधान निर्माणमा योगदान गरेको भन्दै एक हजार एक सय नौजनालाई संविधानसभा पदकले विभूषण गर्नुभएको हो ।
दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले शीतलनिवासमा आयोजना भएको विशेष कार्यक्रममा संविधानसभा पदक वितरण गरिरहनु भएको छ । सो पदक अपरान्ह पाँच बजेसम्म वितरण हुने बताइएको छ । पदक पाउनेमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी आफैँ हुनुहन्छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको नाम पनि छ। त्यस्तै, पूर्वराष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ। त्यसपछि वरियताका आधारमा क्रमशः पूर्वप्रधानमन्त्रीहरू लगायतको नाम छ।
प्रतिक्रिया दिनुहोस्