जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १४:२८

कोरोना संक्रमणलगत्तै सांसद बिशाल खडकाले गरे क्षमायाचना


काठमाडौं, असोज २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बागमति प्रदेश सांसद बिशाल खडकालाई कोरोना संक्रमण भएको छ । दोलखाको निर्वाचन क्षेत्र क बाट प्रदेशसभामा निर्वाचित सांसद खडकाले सामाजिक सञ्जालमार्फत आफलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।

‘सामन्य रुघाखोकी, हल्का ज्वरो र जिउ दुख्ने समस्यापछि चार दिनयता घरमै बसेको थिएँ, आज कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो,’ सांसद खडकाले भन्नुभएको छ । उहाँले यसबीचमा आफूसँग नजिकको सम्पर्कमा आएका सवैलाई पिसिआर परीक्षण गर्न पनि सुझाव दिनुभएको छ ।

‘यो बीचमा मेरो सम्पर्कमा आउनु भएका सवैलाई सावधानी अपनाउन र सरकारले तोकेको प्रोटोकल अनुसार लक्षण देखिए परीक्षण गर्न जान सहयोग होस भनेर जानकारीका लागि आफ्नो अबस्था सार्वजनिक गरेको हुँ,’ खडकाले भन्नुभएको छ । सांसद खडकाले आफ्नो कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसमक्ष क्षमा पनि माग्नुभएको छ । ‘मेरो कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसमक्ष क्षमा चाह्न्छ,’ सांसद खडकाले भन्नुभएको छ ।

नेकपाका युवा नेता समेत रहनुभएका सांसद खडकाले कोरोनाले निकै गाह्रो पार्ने रहेछ भन्दै सचेत र सतर्क रहन सवैलाई अपिल पनि गर्नुभएको छ । ‘सोचेजस्तो रैनछ कोरोना, निकै गाह्रो पार्दाे रहेछ, सवै सचेत बन्नोस,’ खडकाले जनताटाइम्ससँग भन्नुभयो ।