काठमाडौं, असोज २३
पछिल्लो २४ घण्टामा देशभर १६८० जनाले कोरोना भाइरस विरुद्धको लडाईँ जित्नुभएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने संख्या ७३ हजार २३ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६३३७, प्रदेश २ मा १४९८१, बागमति प्रदेशमा २६४८७, गण्डकी देशमा ४०७८, लुम्बिनि प्रदेशमा १०३९२, कर्णाली प्रदेशमा ३३५० र सुदुरपश्चिम प्रदेशमा ७३९८ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ ।
मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७२.५ प्रतिशत हो । देशभर आज २०५९ जनामा संक्रमण पुष्टि भएको थियो । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ र मुस्ताङमा मात्रै संक्रमण शून्यमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्