जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार ०८:५१

विश्वभर २ करोड ७८ लाख बढी कोरोना संक्रमित निको


काठमाडौं,  असोज २४ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट ३ करोड ७१ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् ।

शनिबारसम्म ३ करोड ७१ लाख ५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको हो । कुल संक्रमित मध्ये २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ५१७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ४४७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख ७७ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ५७ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २९ हजार ५४३ जनाको मृत्यु भएको छ । ५८ लाख ३५ हजार ८७२ जना संक्रमित भएकोमा २६ लाख १५ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।