नेपालगञ्ज, असोज २४
बाँकेमा शनिबार थप ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । होम आइसोलेसन लगायत विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आएका १५ पुरुष र १६ महिला गरेर ३१ जना कोरोना संक्रमितले १४ दिने आइसोलेसन बसाईं पूरा गरी शनिबार घर फर्किएका हुन् ।
उहाँहरु सबैको स्वास्थ्यमा कुनै समस्या नभएपछि डिस्चार्ज गरेर घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले दिनु भएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य भएका बाँकेका ३१ जना संक्रमणमुक्त भएर घर फर्किनुभएको हो ।
उहाँले योसँगै जिल्लामा निको भएर घर जानेको संख्या एक हजार ७९३ पुगेको बताउनुभयो । श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमित हुने बढे पनि निको भएर घर फर्कनेको संख्या समेत उल्लेख्य रुपमा बढ्दै गएको छ । जिल्लामा हालसम्म दुई हजार ३२७ जना कोरोना संक्रमित भेटिएका छन् भने मृत्युु हुनेको संख्या २४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्