जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार १४:५९

गण्डकीमा थपिए ६२ जना नयाँ संक्रमित


पोखरा, असोज २५

गण्डकी प्रदेशमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा बाग्लुङका ३६, कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै संक्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।