जनता टाइम्स

२५ आश्विन २०७७, आईतवार १६:२१

स्वास्थ्य मन्त्रालयको कर्मचारीमा पीसिआर पोजेटिभ देखिएपछि तीन शाखा शिल


काठमाडौं, असोज २५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारीमा कोरोना देखिएपछि तीनवटा शाखा अस्थायी रुपमा शिल गरिएको छ । मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा, कानून उपशाखा र राज्यमन्त्रीको सचिवालय शिल गरिएको हो । मन्त्रालय स्रोतका अनुसार आन्तरिक प्रशासन महाशाखाका उपसचिव कृष्ण लम्साल र कानून शाखा उपसचिव मानवहादुर बस्नेतमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएपछि बाँकी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । यस्तै राज्यमन्त्री नवराज रावतको सचिवलयका तीन जना सदस्यहरु इन्द्र केसी, तपेन्द्र क्षेत्री र भिमराज सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उता एचईओसी कल सेन्टरमा काम गर्ने तीन जना कर्मचारीमा पनि संक्रमण देखिएको हो । तीन जना नै कर्मचारीमा संक्रमण देखिएपछि नयाँ कर्मचारी ल्याएर सेवा सूचारु गरिएको छ ।