जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार ०८:०७

भारतमा कोरोना सङ्क्रमितको संख्या ७१ लाख नाघ्यो


काठमाडौं,  असोज २६ । भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७१ लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ९ हजार १४८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६७ हजार ७५७ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८१३ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

अझै पनि भारतभरी ८ लाख ६३ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६१ लाख ४६ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।