जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार ०७:२६

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७३ हजार नाघ्यो


काठमाडौं, २७ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भारतमा थप ५४ हजारमा संक्रमित बनेका छन्।

पछिल्लो २४ घण्टामा ५४ हजार २६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ३८ हजार ८७९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।