जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १६:४३

काठमाडौं उपत्यकामा थपिए २१२९ नयाँ संक्रमित


काठमाडौं, असोज २७

काठमाडौं उपत्यकामा आज २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा देशभर ३ हजार ५५६ जनामा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । जसमध्ये ७८ हजार ७८० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।