काठमाडौं, असोज २७
नेपालमा कोरोना परीक्षण अब एक हजारमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैया तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विकृति भएको जानकारी दिँदै गाइड लाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त प्रयोगशालाले मात्रै पाउनेछन् ।
उहाँले एफडिए, इयूए र स्वास्थ्य सेवा विभागमा सूचिकृत किटबाट मात्रै एन्टीजेन परीक्षण गर्न पाउने बताउनुभयो । उहाँले एन्टीजेनमा पोजेटिभ देखिए प्रयोगशालाहरुले सम्बन्धित स्वास्थ्य कार्यालय, ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित व्यक्तिलाई दिने र यदि रिपोर्ट नेगेटिभ आए सम्वन्धित व्यक्तिलाई दिनुपर्ने सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्